१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

माैद्रिक नीति कार्यान्वयन हुन सके अर्थतन्त्रको पुनरूत्थानमा योगदानः महासंघ

माैद्रिक नीति कार्यान्वयन हुन सके अर्थतन्त्रको पुनरूत्थानमा योगदानः महासंघ
अ अ+ अ-

काठमाडाैंः नेपाल उद्योग वाणिज्य महासंघले कोरोना (कोभिड–१९) को महाव्याधिका कारण आर्थिक वर्ष २०७६-७७ मा २०७६ चैत्र ११ गते देखि करिव तीन महिना पूर्ण बन्दाबन्दी र त्यसपछि बन्दाबन्दीमा ल्याइएको सामान्य खुकुलोपनमा उद्योग, व्यापार तथा व्यवसाय र अर्थतन्त्रमा संकुचन आईरहेको यस जटिल अवस्थामा नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिको स्वागत गरेकाे छ ।

कोभिडबाट कम, मध्यम र अति प्रभावित पेशा, व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र व्याज रकमलाई क्रमशः २०७७ पुस मसान्त, २०७७ चैत मसान्त, २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था र पुनःस्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्ने गरी कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरू स्वागतयोग्य रहेकाे महासंघले जनाएकाे छ ।

पुनरकर्जा सम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पुर्याउने विश्वास लिइएको छ भन्दै महासंघले कर्जा स्रोत परिचालन अनुपात  बृद्धिले तरलता बृद्धि गर्न मद्दत गर्ने विश्वास लिइएकाे जनाएकाे छ । चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पु¥याउने, वाणिज्य बैंकले कृषि र उर्जाको क्षेत्रमा गर्नु पर्ने लगानी सम्बन्धी व्यवस्थाले कृषिको आधुनिकीकरण र उर्जा क्षेत्रको विकासमा मद्दत गर्ने तथा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले निश्चित प्रतिशत रकम लघु, साना एवम् मझौला उद्यमका क्षेत्र र पर्यटन लगायतका क्षेत्रमा कर्जा लगानी गर्नु पर्ने व्यवस्थाले यी क्षेत्रहरूको विकासमा मद्दत गर्ने महासंघको विश्वास छ ।

मौद्रिक नीति मार्फत ल्याइएका कदमहरू नेपाल उद्योग वाणिज्य महासंघले औपचारिक एबं अनौपचारिक रूपमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई दिइएका सुझावहरू अनुरुप आएको पनि महासंघले जनाएकाे छ ।

तर संचालनमा आउन नसक्ने कम्पनी तथा फर्म बन्द गर्न चाहेमा बक्यौता ब्याज मिनाहा गरी सहज बहिर्गमनको व्यवस्था र उधारो संकलनसम्बन्धी कानूनी व्यवस्था निजी क्षेत्रको अपेक्षा महासंघकाे रहेकाे जनाउँदै जुन मौद्रिक नीतिमा समेटिन नसकिएकाे बताएकाे छ । तर यस सम्बन्धमा केन्द्रीय बैंकले पछि कुनै माध्यमबाट संवोधन गर्ने हाम्रो अपेक्षा छ भन्दै मौद्रिक नीति मार्फत ल्याइएका सकारात्मक कदमहरूलाई राम्ररी कार्यान्वयन गर्न सके राष्ट्रिय अर्थतन्त्रको पुनरूत्थान एवं सवलीकरणमा योगदान पुग्ने विश्वास महासंघले लिएकाे छ ।