४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री गोकुल बास्कोटाले बनमा काँडा सम्झिएपछि……



अ+ अ-

काठमाडौँ । नेकपा भित्रको अन्तरकलह मथ्थर हुदै गएको र सचिवालय बैठक बस्दै गर्दा पूर्बसंञ्चारमन्त्री एबं नेकपा केन्द्रिंय सदस्य  तथा अध्यक्ष एबं प्रधानमन्त्री केपि ओलीका बिश्वासपात्र गोकुल बास्कोटाले सामाजिक संञ्जालमा एउटा स्टाटस पोष्ट गर्नुभयो ।  चर्चित लोकगायक भगवान भण्डारीले गाउनु भएको गित बनमा काडा छ को केही अंश । बास्कोटाले लेख्नुभयो  -भगवान भण्डारी आजकल कहाँ छन मलाई थाछैन।तर नेकपा उनले गाएको गीत जस्तै छ तिमी धरान म भएँ चितौन,वनमा काँडा छ तर विरानो नसम्झ माया गाढा छ।

नेकपा भित्रको कलह यो गित जस्तै भएको भन्दै बास्कोटाले जति बिमति भएपनि नेताहरु बीच सहमति हुने कुरा उल्लेख गर्नुभएको थियो । तर बास्कोटाको जवाफ गायक भण्डारीले निकै रमाईलो तरिकाले फर्काउनु भएको छ । कुनै समय अखिल कै  राजनीति गरेका भण्डारी अचेल अमेरिकाको बाल्टिमोरमा बसोबास गर्न थाल्नु भएको छ । 

उहाले बास्कोटालाई जबाफ फर्काउदै लेख्नुभयो म यतै औरीका तिर छु गोकुल जी , के गर्ने दोहोरीमा तपाईहरूलाई जित्न सकिएन क्यारे , बेला बेलामा फेसबुक पोष्टमा सम्झिराको हुन्छु हेर्दै गर्नुहोला । हुन त तपाईॅंलाई नसम्झने नेपाली को होला र ? कमरेट भनेर सम्बोधन गर्न पनि हजुरको रेट नै त्यति धेरै छ कसरी कमरेट भनौ र ? 

गायक मण्डारीले नेताहरुलाई दोहोरीमा जित्न नसकिएको भन्दै बास्कोटको रेट नै महङ्गो भएका कारण कमरेट भनेर सम्बोधन गर्नुभएको छ । भण्डारीले लेख्नु भएको छ  हजुरको रेट नै त्यति घेरै छ कसरी कमरेट भनौ । पूर्ब संञ्चारमन्त्री बास्कोटाले सुरक्षित मुद्रण  खरिद प्रकरणमा ७० करोडको अडियो बाहिरिएपछि राजिनामा दिनु भएको थियो ।