२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-पाकिस्तान तनावः आईपीएल अनिश्चितकालसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकि सबै खेल स्थगित भएको छ ।

पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले जारी १८ औँ संस्करणको आईपीएल अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा जारी पञ्जाब र दिल्ली खेल बीचमै रोकिएको थियो । १०.१ ओभरको खेल जारी रहँदा पञ्जाबले १ विकेट गुमाएर १ सय २२ रनको उत्कृष्ट स्कोर बनाउँदा पाकिस्तानले भारतका विभिन्न भागमा आक्रमण गरेपछि ‘ब्ल्याक आउट’ गरिएको थियो । जसका कारण फ्लडलाइट बन्द गरेर समर्थक र खेलाडीलाइ मैदानबाट बाहिर पठाइएको थियो ।

जारी सिजनको आइपिएलमा १२ लिग खेल बाँकी रहेका छन् । प्रतियोगिताको फाइनल २५ मे’मा हुने कार्यतालिका रहेको थियो ।

उता, पाकिस्तानले भने पाकिस्तान सुपर लिग (पिएसएल) का बाँकी खेल युएईमा सार्ने निर्णय गरिसकेको छ।