२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-पाकिस्तान तनावः आईपीएल अनिश्चितकालसम्मका लागि स्थगित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकि सबै खेल स्थगित भएको छ ।

पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले जारी १८ औँ संस्करणको आईपीएल अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा जारी पञ्जाब र दिल्ली खेल बीचमै रोकिएको थियो । १०.१ ओभरको खेल जारी रहँदा पञ्जाबले १ विकेट गुमाएर १ सय २२ रनको उत्कृष्ट स्कोर बनाउँदा पाकिस्तानले भारतका विभिन्न भागमा आक्रमण गरेपछि ‘ब्ल्याक आउट’ गरिएको थियो । जसका कारण फ्लडलाइट बन्द गरेर समर्थक र खेलाडीलाइ मैदानबाट बाहिर पठाइएको थियो ।

जारी सिजनको आइपिएलमा १२ लिग खेल बाँकी रहेका छन् । प्रतियोगिताको फाइनल २५ मे’मा हुने कार्यतालिका रहेको थियो ।

उता, पाकिस्तानले भने पाकिस्तान सुपर लिग (पिएसएल) का बाँकी खेल युएईमा सार्ने निर्णय गरिसकेको छ।