१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

राखेपमा सदस्यसचिवका लागि दौड तीव्र, कसले मार्ला बाजी ?

राखेपमा सदस्यसचिवका लागि दौड तीव्र, कसले मार्ला बाजी ?
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक सदस्य सचिव छनोटका लागि आवेदन माग गरिएको हो । जसमा २७ जनाको आवेदन परेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको ३ सदस्य सिफारिस समितिले २७ जनाबाट तीनजनाको सट लिस्ट तयार गर्नेछ । मन्त्रिपरिषद्ले तीन जनामध्ये एकजनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले प्रभावित खेलकुद क्षेत्रमा सदस्यसचिवको बाजी कसले मार्ला भन्ने चर्चाको विषय बनेको छ । राखेपको सदस्यसचिवमा ‘असीमितशक्ति’हुने भएकाले विगतमा यो पदको आकर्षण थियो भने राजनीतिक नियुक्तिका लागि ठुलै दौडधुप हुन्थ्यो । यतिबेला पनि २७ जनाआ–आफ्नो शक्ति केन्द्रमा धाउन भने पछि परेका छैनन् । त्यसैले कतिपयले आवेदन माग गरेपछि यो ‘नाटक’मात्र रहेको विश्लेषण गर्न थालेका छन् ।

तथापि, खेलकुद क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वले सदस्यसचिव पदका लागि आवेदन दिनुलाई भने सकारात्मक परिवर्तनका रूपमा लिएका छन् । ऐन आउनुअघिसम्म सदस्यसचिव रहेका रमेश सिलवालपनि २७ जना सँगप्रति स्पर्धामा उत्रिए । उनलाई प्रधानमन्त्रीनिकटमा निएकाले कतिपयले सिलवाललाई नै सदस्यसचिव बनाउन गरिएको ‘कर्मकाण्डी प्रक्रिया’ भएको आरोप लगाएकाछन् । तथापि, प्रधानमन्त्रीले यो प्रक्रियामा हस्तक्षेप नगर्ने भएकाले निष्पक्षहुने प्रतिस्पर्धीको दाबी छ । ‘किनकि यो ऐनअग्रगामी छ । अब खेलकुदमा चाकडी चाप्लुसीभन्दा पनि क्षमताको कदर हुन्छ,’ एक प्रतिस्पर्धीले विश्वास व्यक्त गरे । आवेद २७ जनाले नै प्रगतिशील सोचका साथ प्रस्ताव तथा कार्ययोजना तयार गरेको सिफारिस समितिका सदस्य रिम रानाभाट बताउँछन् । कार्यविधिअनुसार नै छनोट गरिने सिफारिस गर्ने समितिको दाबी छ ।

ओलम्पिक कमिटीका उपाध्यक्षतथा ह्यान्डबल संघकाअध्यक्ष तेज गुरुङ, पर्वतारोहण खेलकुद महासंघसँगै नेपाल स्पोर्टस् क्ल्याइम्बिङ संघका महासचिव मेघराज पौडेल, नेपाल घोडचढी संघकाअध्यक्ष रवि राजकर्णिकार, नेपाल कुरास संघका अध्यक्ष ध्रुवराज न्यौपानेलगायत खेलकुद संघमा सक्रिय रहेका व्यक्तिले आवेदन दिएका छन् । त्यसैगरी, राजनीतिक पृष्ठभूमिका लीलबहादुर थापामगरले पनि आवेदन दिएका छन् । नेकपाका केन्द्रीय सदस्य थापा तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । २७ जनामध्ये नेकपा निकटका विभिन्न गुटका व्यक्तिले नेताकै सल्लाहमा ‘भागबन्डा’को अवस्था आएमा अवसर छोप्ने हिसाबले आवेदन दिएका छन् ।

कतिपय व्यक्ति स्वतन्त्र देखिन्छन भने केही चर्चाकै लागि दौडमा देखिएका छन् । स्पोर्टस् साइन्समा विद्यावारिधि गरेका अच्युतम लामिछानेदेखि पूर्वराखेपका सदस्य तथा कर्मचारीले पनि आवेदन दिएका छन् । खेलकुदमा गणतन्त्र नआएको भन्दै आलोचना भइरहेको समयमा खुला प्रतिस्पर्धाबाट सदस्य सचिवचयन गर्न लागिएकाले यसमा राजनीति कहस्तक्षेप नभए सुनमा सुगन्ध हुने खेलकुदविज्ञ दिवाकर अमात्य बताउँछन् । २०१५ सालमा स्थापना भएको राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्लाई २०१७ सालमा राष्ट्रिय खेलकुद परिषद् नामकरण गरिएको हो । २०२१ सालमा बनेको राखेपको ऐन नै संशोधित खेलकुद ऐनका रूपमा चलिरहेकाले खेलकुदमा गणतन्त्र नआएको विश्लेषण हुन्थ्यो । खेलकुदमा व्यापाक जनसहभागिता गराउनर दैनिक जीवन शैलीसँगजोड्दै पारदर्शी रूपमा सञ्चालन गर्नुपर्ने धारणा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ राख्छन्।

‘खेलकुद पनि देश विकासको अभिन्न अंग हो । त्यसैले यसका केहि रचनात्मक र उदाहरणीय काम गर्ने सोच छ,’उनले भने । नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार पनि समुदायसँग यसको सम्बन्ध हुने भएकाले सबैका लागि खेलकुदको अवधारणा आफूले अघि सारेको बताउँछन् । सबै प्रतिस्पर्धीले खेलकुदलाई नयाँ चरणमा प्रवेश गराउने दाबी गरिरहेका छन् । खेलकुदको विकासका लागि संघ, खेलाडी, प्रशिक्षकलाई बुझेको हुनुपर्ने धारणा मेघराज पौडेल राख्छन् । निकै पखाइपछि खेलकुदले नयाँ ऐनको कार्यान्वयन सुरु भएको छ । यसले खेलकुदका विकृति विसंगतिको अन्त्य हुँदै जाने र खेलकुदमा देखिएको राजनीतिक हस्तक्षेपको अन्त्य हुने विश्वास लिइएको छ । तथापि, परम्परागत कार्यशैलीबाट यतिछिट्टै खेलकुद क्षेत्र मुक्तहोला भनेर आशा गरिहाल्न भने सकिँदैन । राजधानी दैनिक