१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

विद्यालय सञ्चालन कार्यविधि तयार

विद्यालय सञ्चालन कार्यविधि तयार
अ अ+ अ-

काठमाडौँ । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तह तथा विद्यालयबाट पनि शिक्षक उपस्थित नहुँदा विद्यालयले गर्नुपर्ने तयारी तथा वैकल्पिक सिकाइ अभियानमा आवश्यक वातावरण सहज हुन नसकेको गुनासो गरिएपछि सबै शिक्षक विद्यालयमा पुग्नैपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

सरकारी सुविधाका पौने दुुई लाख
धेरै सार्वजनिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको तथा शिक्षकसमेत विद्यालयमा नपुगेको गुनासो आएपछि शिक्षकका सम्बन्धमा नयाँ व्यवस्था गर्न लागिएको हो । सामुदायिक विद्यालयमा कार्यरत झण्डै एक लाख ७५ हजारभन्दा बढी शिक्षकले सरकारी सुविधा लिएको तर शिक्षक विद्यालयमा उपस्थितसमेत हुन नसकेको गुनासो बढेपछि सरकारलाई यस विषयमा नीतिगत निर्णय लिनुपर्ने दबाब परेको हो । अधिकांश सरकारी शिक्षक वैकल्पिक शिक्षामा जोडिन पनि नसकेको गुनासो छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक तलब सुविधाका लागि सडक आन्दोलनमा उत्रनुपरे पनि सामुदायिक विद्यालयका शिक्षकको हकमा भने यो अवस्था नरहेको र शिक्षकले आफ्नो सुविधा समयमै बुझेका छन् ।

यसअघि सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई सम्भव भए आफ्नो विद्यालयमा पुग्न र सम्भव नभए नजिकको विद्यालयबाट सरकारले सञ्चालन गरेको वैकल्पिक सिकाइ अभियानमा सहयोग गर्न सक्नेगरी बाटो खोलेको थियो । अब भने त्यो अवस्था नरहेको जनाइएको छ । साथै विद्यालय पुनः सञ्चालनको तयारीमा जुट्न तथा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लगायतको कार्य गर्न विद्यालयका शिक्षक परिचालन गर्ने कार्यविधि सरकारले तयार पारेको थियो । प्रवक्ता शर्माले शिक्षकलाई आफ्नो विद्यालयमा जान हाल कसैले नरोकेको स्पष्ट गर्दै समस्या परेको अवस्थामा स्थानीय तह तथा अन्य मन्त्रालयबाट पनि आवश्यक समन्वय हुने बताए । विद्यालयमा शिक्षक पुग्ने अवस्था आएपछि विद्यार्थीसँग सम्पर्क स्थापित हुने, विद्यार्थीको नयाँ भर्ना तथा अभिलेखीकरण लगायत कार्य सहज बन्ने उनको भनाइ छ ।

विद्यालय खुल्ने योजना अस्पष्ट
विद्यालय कहिलेबाट खुल्न सक्छ भन्ने विषयमा भने हालसम्म कुनै योजना नबनेको समेत मन्त्रालयले स्पष्ट गरेको छ । सरकारले आगामी दिनमा लिने बन्दाबन्दीको मोडालिटीले यसलाई तय गर्ने उनको भनाइ छ । कुनै स्थानीय तह या विद्यालयले विद्यालय खोल्न चाहेको अवस्थामा भने त्यसले गर्नुपर्ने पूर्व तयारीका बारेमा भने मन्त्रालयले सहजीकरण गर्ने उनले बताए । त्यसका लागि आवश्यक पर्ने मापदण्डलाई मन्त्रालयले अन्तिम रूप दिँदैछ ।

स्वास्थ्य सुरक्षाको प्रत्याभूति
शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घले यसलाई सकारात्मक रूपमा लिँदै शिक्षकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने जनाएको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले सुरक्षा बिना शिक्षकलाई कक्षा कोठामा जान कठिन हुने र सङ्क्रमणको जोखिम हुने उल्लेख गर्दै यसतर्पm काम गर्नुपर्ने बताए । हिमाली तथा पहाडी जिल्लाका शिक्षकलाई आफ्नो विद्यालयमा पुग्न केही कठिन भएको भन्दै उनले विद्यालयमा हाजिर हुनुपर्ने सरकारको तयारीलाई आफूहरूले सकारात्मक रूपमा लिएको जानकारी दिए । हाल देशभर चार हजार छ सय सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएकाले ती विद्यालयबाट क्वारेन्टाइन हटाइनुपर्ने माग महासङ्घको छ । गोरखापत्र दैनिक