प्युठानमा ट्याक्टर दुर्घटना हुँदा रोल्पका एकै गाउका सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गए राति लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको भएको छ भने एक जना घाईते भएका छन् ।
पाच नम्बर प्रदेश प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर रहेका छन् ।
मृतकहरु भिङग्री–स्वर्गद्वारी सडक खण्डमा काम गर्ने श्रमिक हरु हुन् । ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। हाल सुरक्षकर्मी र स्थानीय को सहयोगमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यलय भिंगृबाट अन्दाजी १० कलिोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ ।