२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर छली र विदेशी विनिमय अपचलन मुद्दामा व्यापारीसहित पाँच जना विरुद्ध अभियोग



अ+ अ-

रुपन्देही। आन्तरिक राजश्व कार्यालय बुटवलले कर छली र विदेशी विनिमय अपचलनको दुई फरक मुद्दामा बुटवलका एक व्यापारीसहित पाँच जनाविरुद्ध अदालतमा अभियोग दायर गरेको छ।

बुटवल उपमहानगरपालिका–६ राधाकृष्णपथस्थित ‘भाञ्जा स्टोर्स एण्ड हाउस’का सञ्चालक बरकत अलि मियाँमाथि तीन करोड ११ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व चुहावटको आरोप लागिएको छ। आन्तरिक राजश्व कार्यालयका प्रमुख राजश्व अधिकृत विवेक घिमिरेका अनुसार, मियाँले एक करोड ५५ लाख ६६ हजार २८१ रुपैयाँ बराबरको राजस्व छली गरेका थिए। सोही बराबरको जरिवाना सहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार मियाँविरुद्ध मुद्दा दायर गरिएको हो।

त्यस्तै, विदेशी विनिमय अपचलनसम्बन्धी अभियोगमा कपिलवस्तुका चार जना—राजेशकुमार बर्मा, राकेशकुमार बर्मा, हमीद मुसलमान र जंगबहादुर बर्मा विरुद्ध कपिलवस्तु जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको छ। उनीहरूबाट ५०० दरका ४२३६ थान र २०० दरका १०० थान गरी २१ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो। सो रकमलाई नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार ३४ लाख २४ हजार ७ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ।

प्रहरीको अनुसन्धान अनुसार, उनीहरूले भारतीय रुपैयाँ अवैध रूपमा नेपाल भित्र्याएका थिए। त्यस क्रममा प्रयोग गरिएको ‘यूपी ५५ एम ०४५९’ नम्बरको भारतीय सवारीसाधनसमेत विदेशी विनिमय अपचलनमा प्रयोग भएको प्रमाण भेटिएको छ। सो सवारीसाधनलाई पनि जफत गर्न माग गर्दै मुद्दा दायर गरिएको हो।

राजश्व कार्यालयले घटनामा संलग्न सबै व्यक्तिहरूलाई कानूनी कारवाहीमा ल्याउनका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ। यस्ता आर्थिक अपराध रोक्नका लागि निगरानी र कारवाहीलाई अझ प्रभावकारी बनाउने योजना रहेको पनि बताइएको छ।