काठमाडौं। गत चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न भएको आरोपमा मनबहादुर कालामगर पक्राउ परेका छन्।
गुल्मी स्थायी ठेगाना भई काठमाडौंको मनमैजुमा बसोबास गर्दै आएका ३९ वर्षीय कालामगरमाथि मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण, सरकारी गाडी तोडफोड र आजगनीमा संलग्न भएको आरोप छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।










