२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकको चेतावनीः संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन्



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनैपनि गतिविधि सह्य नहुने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिनुभएको हो ।

संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । उहाँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताउनु भयो । उहाँले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई पूर्वाग्रह बिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिनुभयो । राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधान विरोधि भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्याउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गत चैत्र १५ गतेको दिन काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकहरुबाट आयोजना गरेको प्रदर्शनका क्रममा भएको विध्वंसात्मक घटनालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिएको छ । यस विषयमा संसदमा तत्काल विषयवस्तर प्रश्तुत गर्ने समय नरहेको र सदन अन्त्यतर्फ रहेको हुनाले प्रतिनिधि सभाका सम्मानित समितिहरुमा मैले सरकारको धारणा, गृह मन्त्रालयको धारणा र मेरो व्यक्तिगत धारणा राखिसकेको व्यहोरा जानकारी गराउँदछु । यस घटनाका सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको, घटना संलग्नहरुलाई नियन्त्रणमा लिई बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको व्यहोरा जानकारी गराउँदछु । यो घट्ना विध्वंसात्मक र संविधान विरोधि थियो । अहिलेका व्यवस्थाका विरुद्धमा थियो । संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकमा सुरक्षाको प्रत्याभुति दिलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाद उपयोग गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ । वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने कुनैपनि गतिविधि वा क्रियाकलापहरु सह्य हुने छैनन् ।’

सांसदहरुद्वारा सदनमा उठाइएका विषयहरुप्रति सरकार गम्भिर र सचेत रहेको पनि मन्त्री लेखकको भनाइ छ ।




भर्खरै