२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र र राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण जरुरीः राप्रपा अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताउनुभएको छ ।

राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गर्नुभएको हो ।

उहाँले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गर्नुभयो । अबको आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गर्दै अध्यक्ष लिङदेनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्ने स्पष्ट पार्नुभयो । यदी आपूmहरुको प्रश्ताव अस्वीकार गरी गणतन्त्र पक्षधरले दमनको बाटो रोजे उनीहरु बढारिने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयता खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन हो । गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुनु जरुरी छ । यो आन्दोलन राष्ट्रवादीहरुको आन्दोलन हो यसका लागि सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दछु । अब आन्दोलन सफल नभएसम्म रोकिँदैन । मुलुक यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानैपर्छ । अब राजादेखि सबै शक्ति अटाउनसक्ने आपूmहरुको प्रस्ताव नस्वीकारे गणतन्त्र पक्षधरहरु बढारिने छन् । अब बल सरकारको कोर्टमा छ । तपाईहरु के चाहनुहुन्छ । देखिरहनुभएको होला केही दिन पहिला सम्पूर्ण राज्यशक्ति प्रयोग गरेर यो आन्दोलनको प्रतिवाद गर्ने अभ्यास पनि गर्नुभयो । दमन र जालझेलको सहारा नलिई समझदारीमा आउन गणतन्त्र पक्षधर दल र सरकारलाई आग्रह गर्छु । राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु होइन, उन्नत मुलुकमा राजतन्त्र अहिले पनि छ ।’

अध्यक्ष लिङदेनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगको रुपमा अघि बढ्ने घोषणासमेत गर्नुभयो ।