२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री आचार्य र स्वीस राजदूतबीच शिष्टाचार भेट



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा ड्यानिएल मेउलीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले सङ्घीयताको सुदृढीकरण र विकासका लागि स्वीस सरकार तथा साझेदार सङ्घसंस्थाबीच अझ सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा साझेदारीको खाँचो औँल्याउनुभयो ।

यहाँहरूकोतर्फबाट अहिलेसम्म स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा गरिएको योगदानको सरकारले उच्च मूल्याङ्कन गर्छ । आगामी दिनमा पनि यी क्षेत्रले प्राथमिकता पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “तात्कालिन् द्वन्द्वका समयमा लुम्बिनी प्रदेश राज्य र विद्रोही दुवै पक्षबाट पीडामा परेको क्षेत्र हो । यस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाएकामा म धन्यवाद व्यक्त गर्दछु । अहिले प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीतिक योजना बनाएर अघि बढेको अवस्था छ ।

स्वीस राजदूत डा मेउलीले स्वीस सरकारले नेपालमा सङ्घीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमता विकासमा साझेदारी गर्दै आएको बताउनुभयो ।

सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उहाँले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

राजदूतसँगको उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।




भर्खरै