६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाका पूर्वसदस्य नेपालको निधनमा शोक प्रश्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रश्ताव पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो ।

नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । दिवंगत नेपाल पूर्वमन्त्री समेत हुनुहुन्थ्यो । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । बैठकले उहाँको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ ।