२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले काम खोजेका छन्, भागबण्डा होइनः रास्वपा सांसद डाँगी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै आपत्ति जनाउनुभएको हो । बर्खायाम शुरु भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप समेत लगाउनु भयो । सरकालाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न उहाँको सुझाव छ । उहाँले जनताले भागबण्डाको सौदाबाजी नभई उल्लेख गर्नुभया ।

उहाँले भन्नुभयो, ‘सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । र सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु । किनभने बर्खायाम शुरु भइसकेको छ । राजधानी जोड्ने सडकहरु असुरक्षित छन् । लाखौं नागरिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन् । सरकारले यतातिर समय खचृ गरोस् । १० महिना भइसक्यो सरकार कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको विषयमा अड्किरहेको छ । अहिले जनताले काम खोजेका छन् । भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन् । ’

सरकारले भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाई गरेको प्रतिपक्षीले आरोप लगाउँदै आएका छन् ।