काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्नसक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्थानीय चिनियाँ अधिकारीहरुले न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र ‘केरुङ च्छो’ ताल भरिएका कारण फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुचना जारी गरि जनाएको छ ।
यदि पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ ।
कुनै दूूर्घटना भए कल्पना गरेको भन्दा बढी क्षती हुने भन्दै भोटेकोशी गाउपालकिाले सबैलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
तातोपानी नाकाबाट ६ घण्टा हिडेर पुगिने उक्त पोखरीमा ठूलो छाल सधैं आउने गरेको र भूकम्पपछि पनि एकपटक यस्तै खतराको सूचना जारी गरिएको थियो ।