२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

स्रोत नखुलेको १७ लाख बढी नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको १७ लाख बढी नगदसहित दुई जना पक्राउ
अ अ+ अ-

कैलाली। कैलालीमा स्रोत नखुलेको रु १७ लाख ४६ हजार ९०० नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो रकमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गलाई स्रोत नखुलेको रु आठ लाख ९६ हजार ६६० नेपालीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्गले चलाइरहेको युपी ३२ एचएच ६७५३ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्दा निजले सुर्केथैलीमा कम्मरमा बाँधेर राखेको अवस्थामा उक्त रुपैयाँ फेला पारिएको हो । उक्त रुपैयाँ, मोटरसाइकलसहित निजलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सत्ती पठाइएको छ ।

यस्तै, टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरीलाई स्रोत नखुलेको पाँच लाख ३१ हजार ४०० भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

अवैध भारतीय रुपैयाँ लुकाइछिपाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटी गएको प्रहरी टोलीले निज चौधरीले सञ्चालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा जाँच गर्दा उक्त रुपैया फेला पारेको हो । निज चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।रासस