६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर कांग्रेसले पाउने देउवाको खुलासा



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर पद कांग्रेसले पाउने पक्का भएको बताएका छन्।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा देउवाले गभर्नरबारे गठबन्धनमा सहमति भइसकेको र ढिलाइको कारण प्रधानमन्त्री ओली नभई राष्ट्र बैंकभित्रकै समस्या भएको स्पष्ट पारे।

गभर्नर बन्ने दौडमा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। तर कामु गभर्नर निलम ढुङ्गानाले स्वीकृत नगरेकाले प्रक्रिया अघि बढ्न नसकेको देउवाको भनाइ छ।

भट्ट कांग्रेसको सिफारिसमा गभर्नर बन्न लबिङ गर्दैछन् भने ढुङ्गाना पनि दावेदारको रूपमा चर्चामा छन्। राष्ट्र बैंक चैत २४ गतेदेखि गभर्नरविहीन अवस्थामा छ।