२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर कांग्रेसले पाउने देउवाको खुलासा



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर पद कांग्रेसले पाउने पक्का भएको बताएका छन्।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा देउवाले गभर्नरबारे गठबन्धनमा सहमति भइसकेको र ढिलाइको कारण प्रधानमन्त्री ओली नभई राष्ट्र बैंकभित्रकै समस्या भएको स्पष्ट पारे।

गभर्नर बन्ने दौडमा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। तर कामु गभर्नर निलम ढुङ्गानाले स्वीकृत नगरेकाले प्रक्रिया अघि बढ्न नसकेको देउवाको भनाइ छ।

भट्ट कांग्रेसको सिफारिसमा गभर्नर बन्न लबिङ गर्दैछन् भने ढुङ्गाना पनि दावेदारको रूपमा चर्चामा छन्। राष्ट्र बैंक चैत २४ गतेदेखि गभर्नरविहीन अवस्थामा छ।