५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र



अ+ अ-

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिम्कतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरू माग बिस्तारै पूरा गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यक्रमअन्तर्गत आज मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राई पनि सहभागी हुनुहुन्थ्यो ।

उहाँले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । रासस