३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले बुझायो मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र



अ+ अ-

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिम्कतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरू माग बिस्तारै पूरा गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यक्रमअन्तर्गत आज मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राई पनि सहभागी हुनुहुन्थ्यो ।

उहाँले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो । रासस