१ आश्विन २०८३, बिहीबार
,
Latest
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन हट्यो, गाडीको जोर बिजोर हट्यो, लामो दुरीका सवारी भदौ १ देखि चल्ने



अ+ अ-

साउन, काठमाडौं । नेपाल सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको लकडाउन आज हटाएको छ । आज मध्यरातिदेखि लकडाउन हटाइएको हो । कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको आज सरकारका प्रवक्ताले जानकारी दिए । 

मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली पनि हटाएको छ । भोलिदेखि अब सवारी साधनहरु सामान्य रुपमा सञ्चालनमा आउने छन् । त्यस्तै होटलहरु पनि यही साउन १५ गतेदेखि खुला गर्ने भनेको छ । 

त्यसैगरी सरकारले लामो दुरीका सवारी साधनहरु पनि भदौ १ गतेदेखि चल्न दिने बताएको छ । आन्तरिक र बाह्य हवाई यातायात पनि भदौ १ बाट सञ्चालनमा आउने सरकारले निर्णय गरेको हो ।