२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन हट्यो, गाडीको जोर बिजोर हट्यो, लामो दुरीका सवारी भदौ १ देखि चल्ने



अ+ अ-

साउन, काठमाडौं । नेपाल सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको लकडाउन आज हटाएको छ । आज मध्यरातिदेखि लकडाउन हटाइएको हो । कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको आज सरकारका प्रवक्ताले जानकारी दिए । 

मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली पनि हटाएको छ । भोलिदेखि अब सवारी साधनहरु सामान्य रुपमा सञ्चालनमा आउने छन् । त्यस्तै होटलहरु पनि यही साउन १५ गतेदेखि खुला गर्ने भनेको छ । 

त्यसैगरी सरकारले लामो दुरीका सवारी साधनहरु पनि भदौ १ गतेदेखि चल्न दिने बताएको छ । आन्तरिक र बाह्य हवाई यातायात पनि भदौ १ बाट सञ्चालनमा आउने सरकारले निर्णय गरेको हो ।