१ आश्विन २०८३, बिहीबार
,
Latest
कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिका पुनर्विचार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसांसद बर्मन बुढाको निधन



अ+ अ-

पूर्वसांसद ९० वर्षका बर्मन बुढाको निधन भएको छ । बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको निधन भएको छोरी विजया बुढामगरले जानकारी दिइन् । क्यान्सर रोगबाट पीडित उनलाई एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो । 

२०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र उनले त्यो बेला रोल्पाबाट चुनाव जितेका थिए । निर्वाचन जितेर काठमाडौं आएका उनी प्रतिनिधि सभाको बैठकमा कछाड बाँधेर जाने गर्थे । 

लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका थिए ।