१ आश्विन २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्ती नै जोखिममा !



अ+ अ-

बाजुरा । पहिरोका कारण जिल्लाको बूढीगङ्गा नगरपालिका–२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ । दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो । एक सय ३५ परिवार बस्ने सिङ्गो गाउँ नै पहिरोको जोखिममा रहेको छ । तीमध्ये २० परिवार विस्थापित नै भइसकेका छन् । उनीहरू गाउँमा रहेको विद्यालयको खुला चौरमा पाल टाँगेर बस्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभएको छ । विसं २०५० पहिलेदेखि पहिरो बग्न थालेको बजेडीगाउँमा यो वर्ष झनै जोखिम देखिएको छ । दर्जनौं परिवार विस्थापित बने पनि बीचमा केही वर्ष पहिरो सामान्य रोकिएको थियो ।
 
तत्काल अर्को विकल्प नरोजे ठूलो क्षति हुने अनुमान गरिएको छ । स्थाानीयवासीले रातभर जाग्राम बसेर रात बिताउने गरेका छन् । चारैतिर पहिरो र पानी मात्र बग्ने गरेको हुँदा राति निद्रा नै पर्न छोडेको गुनासो स्थानीयवासीको छ । उसो त जिल्लाको ६० प्रतिशत बढी भूगोल पहिरोको उच्च जोखिममा छ भने अधिकांश बस्ती मानव बस्तीका लागि योग्य नै नभएको भूगर्भविद्को रिपोर्ट छ । एकीकृत बस्ती विकास गर्न भइरहेको ढिलाइले यहाँका स्थानीयवासीले भयभित वातावरणमा जीवन बिताउन बाध्य छन् ।

आठ परिवार जोखिममा

लगातारको वर्षाका कारण बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धस्थित काफ डाँडाटोल पहिरोको जोखिममा परेको छ । करिब आठ परिवार बसोबास रहेको उक्त टोलमा गाउँ तल र माथिबाट भासिएको छ । गाउँको तल र माथि चिराहरु परेको बताइएको छ । स्थानीय रमेश बडुवालका अनुसार निरन्तर वर्षा जारी रहे बढी जोखिम हुने स्थिति छ । डोजरले सडक निर्माण गरिरहेका कारण झन् बढी जोखिम बढेको छ ।