२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशसभामा तीन संरचनाको शिलान्यास



अ+ अ-

धनुषा। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज प्रदेशसभा परिसरको सौन्दर्यकरण तथा पूर्वाधार विकास योजनाअन्तर्गत तीन संरचनाको शिलान्यास गर्नुभएको छ ।

पानीको फोहोरा (फाउन्टेन), प्रदेशसभाको मुख्यद्वार र अन्य सहायक प्रवेशद्वारहरूको निर्माण गर्नेगरी आज शिलान्यास गरिएको हो । सभामुख मण्डलले भन्नुभयो, “प्रदेशसभा जनप्रतिनिधिको काम गर्ने स्थान मात्र नभई मधेश प्रदेशको पहिचान झल्काउने गरिमायुक्त स्थल पनि हो । त्यसैले यसको भौतिक स्वरूप पनि त्यही स्तरको हुनु आवश्यक छ ।

प्रदेशसभाको संरचना भवनमा सीमित हुन नहुने भन्दै यसको वातावरण, प्रवेशद्वार तथा बाहिरी स्वरूप पनि आमनागरिकले सम्मानपूर्वक हेर्नेगरी बनाइनु आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले  भन्नुभयो, “सौन्दर्यकरणका यी प्रयासहरूले प्रदेशसभाको गरिमा बढाउनाका साथै जनतासँगको सम्बन्ध अझ आत्मीय बनाउने विश्वास लिएको छु ।

सभामुख मण्डलका अनुसार प्रदेशसभाको मुख्य प्राङ्गणमा निर्माण हुने पानीको फोहोरा भवनको आकर्षण केन्द्र बन्नेछ । यो फोहोरा आधुनिक प्रविधिसहितको निर्माण हुने जनाउँदै उहाँले यसले साँझको समयमा आधुनिक बत्तीको उज्यालो र ध्वनिको संयोजनमार्फत थप सौन्दर्य दिन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाको मुख्यद्वार मधेशको सांस्कृतिक शैली र वास्तुकलालाई झल्काउने गरी निर्माण गरिनेछ । यसले एकातिर पारम्परिक मूल्य झल्काउने छभने अर्कातर्फ आधुनिक प्रदेशको पहिचान पनि दिने सभामुखले विचार व्यक्त गर्नुभयो ।

निर्माणलाई गुणस्तरीय र समयमा सम्पन्न गरिने उद्देश्यसहित योजना अघि बढाइएको भन्दै आवश्यक बजेट सुनिश्चित भइसकेको उहाँले जानकारी दिनुभयो । सभामुख मण्डलले प्रदेश सरकार र निर्माण व्यवसायीलाई पारदर्शिता, जवाफदेहिता र गुणस्तरियता कायम गर्न आग्रह गर्नुभयो । रासस