४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको होः मुख्यमन्त्री पौडेल

पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको होः मुख्यमन्त्री पौडेल
अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही अन्त्य गर्नुपर्छ भन्ने उहाँको जोडले सफलता पाएको धारणा राखेका छन् । “नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा उहाँप्रति उच्च सम्मानसहित हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ । 

“विशेषगरी प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही व्यवस्थाको अन्त्य गर्नुपर्छ भन्नेमा उहाँको जोड रहेको थियो । आज देश अनेक विषमतालाई छिचोल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आएको छ । विगतमा छिन्नभिन्न नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र मजबुत हुँदै करिब दुईतिहाइ मतसहित शासनको नेतृत्व गरिरहेको छ । उहाँले सार्नुभएको विचारको जगमै यी परिवर्तन सम्भव भएको हो । राजनीतिक सङ्घर्षबाट शासनको नेतृत्व गर्ने तहसम्म आइपुग्दा निश्चय नै हाम्रो कार्यभारहरु बदलिएको छ । त्यसैले राजनीतिक सङ्घर्षबाट प्राप्त परिवर्तनहरु जनताले आफ्नो दैनिक जीवन व्यवहारमा महसुस गर्ने अवस्थाको सिर्जना गर्नु हाम्रो प्रमुख दायित्व हो । यसर्थ सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्प गरेको छ”, मुख्यमन्त्री पौडेलले भनेका छन् ।

“आजको सन्दर्भमा पुष्पलालले भन्नुभएको जस्तै राष्ट्रियता, जनजीविका, सामाजिक न्यायलगायतका मुद्दाहरुमा देशभित्रका सबै पक्षहरु एकढिक्का हुँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सक्दा मात्र इतिहासले सुम्पिएको कार्यभार पूरा गर्न सकिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सक्दा मात्र जनताको परिवर्तनका आकाङ्क्षालाई सम्बोधन गर्न सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा पुनः उहाँप्रति हार्दिक सम्मान एवं श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।