• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको होः मुख्यमन्त्री पौडेल



वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही अन्त्य गर्नुपर्छ भन्ने उहाँको जोडले सफलता पाएको धारणा राखेका छन् । “नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा उहाँप्रति उच्च सम्मानसहित हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ । 

“विशेषगरी प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही व्यवस्थाको अन्त्य गर्नुपर्छ भन्नेमा उहाँको जोड रहेको थियो । आज देश अनेक विषमतालाई छिचोल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आएको छ । विगतमा छिन्नभिन्न नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र मजबुत हुँदै करिब दुईतिहाइ मतसहित शासनको नेतृत्व गरिरहेको छ । उहाँले सार्नुभएको विचारको जगमै यी परिवर्तन सम्भव भएको हो । राजनीतिक सङ्घर्षबाट शासनको नेतृत्व गर्ने तहसम्म आइपुग्दा निश्चय नै हाम्रो कार्यभारहरु बदलिएको छ । त्यसैले राजनीतिक सङ्घर्षबाट प्राप्त परिवर्तनहरु जनताले आफ्नो दैनिक जीवन व्यवहारमा महसुस गर्ने अवस्थाको सिर्जना गर्नु हाम्रो प्रमुख दायित्व हो । यसर्थ सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्प गरेको छ”, मुख्यमन्त्री पौडेलले भनेका छन् ।

“आजको सन्दर्भमा पुष्पलालले भन्नुभएको जस्तै राष्ट्रियता, जनजीविका, सामाजिक न्यायलगायतका मुद्दाहरुमा देशभित्रका सबै पक्षहरु एकढिक्का हुँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सक्दा मात्र इतिहासले सुम्पिएको कार्यभार पूरा गर्न सकिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सक्दा मात्र जनताको परिवर्तनका आकाङ्क्षालाई सम्बोधन गर्न सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा पुनः उहाँप्रति हार्दिक सम्मान एवं श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।