• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

४२ औँ पुष्पलाल स्मृति दिवसमा उपेन्द्रले श्रद्धाञ्जली दिँदै भने, ‘अहिलेका कम्युनिस्ट कमाउनिस्ट भए’



फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट अहिलेका कमाउनिस्ट भएको आरोप लगाएका छन् । आज नेकपाका संस्थापक नेता पुष्पलाल स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उनले पुष्पलालले राजनीतिलाई जालझेलको रूपमा नलिइ सिद्धान्त, संगठन र संघर्षले निर्देशित जनताको मुक्तिको यात्राको रूपमा लिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘जनता चेतनशील हुनैपर्छ । कार्यकर्ता संगठित हुनैपर्छ । क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । मर्नु अघि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालले यो सन्देश दिनु भएको हो ।’

पुष्पलालको त्याग, सादगीपूर्ण जीवन, संघर्ष र सिद्धान्तप्रतिको निष्ठाबाट अहिलेका कम्युनिस्ट नामका कमाउनिष्ठ, भ्रष्ट, सिद्धान्तविहीन र नश्लवादी संकीर्ण चिन्तन भएका नेताहरुले सिक्न सकेको भए देश र जनताको अवस्था बेहाल हुनक्दैन्थ्यो भन्दै यादवले अहिलेका कम्युनिस्ट राजनीति भ्रष्टाचार गर्ने र राज्यको ढुकुटी हजम गर्ने तर्फ आकर्षित एवम् उन्मुख हुने भएको आरोप लगाएका हुन् ।