२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस – पत्रकारिताको सामाजिक एजेण्डा एआई

सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस – पत्रकारिताको सामाजिक एजेण्डा एआई
अ अ+ अ-

काठमाडौँ । आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसै दिवसका सन्दर्भमा मे ३को सेरोफेरोमा एक दुई दिन अघिपछि पनि विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ । नेपाल पनि अपवाद छैन । आजको दिन यहाँ पनि विविध कार्यक्रम गरी यो दिवसको आयोजना गरिँदैछ ।

नामिवियाको विण्डहक सहरमा सन १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको आव्हानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।

नेपालमा सरकारी स्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने यहाँ यो दिवस सन १९९५ देखि नै मनाउन थालिएकोे हो । यसै दिवसको अवसर पारेर सञ्चार र पत्रकारितासँग सम्बन्धित विभिन्न संघ संस्थाले विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन् र यो क्रम यसपटक पनि जारी रहने निश्चित छ । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष विषय वा नारा ९थिम० तय गर्दछ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ र अन्य राज्य तथा नागरिक संघ संस्थालाई पनि वहसमा आधारित गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्दछ ।

युनेस्कोले यस वर्ष अर्थात २०२५ का लागि टाइम टु पुट एआई अन द सोसल एजेण्डा भन्ने विषय ९थिम० तय गरेको छ । यसको अनौपचारिक अनुवाद एआई ९कृत्रिम बौद्धिकता०लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय आएको छ भनेर गर्न सकिन्छ । यो विषय अर्थात् नारा स्वयंमा निकै महत्वपूूर्ण मात्र छैन विगतको तुलनामा अर्थपूर्ण पनि छ । निश्चय पनि आजको पत्रकारिता प्रविधिबाट निर्देशित छ भन्दा अनुचित हुँदैन । विशेष गरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन । त्यसो त आजको विश्वमा एआईले प्रभावित नगरेको वा गर्न नसक्ने सम्भवत: कुनै पनि क्षेत्र छैन । तर सञ्चार र पत्रकारिता क्षेत्र एआईबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो भन्दा गलत नठहर्ला । पत्रकारितामार्फत सार्वजनिक गर्न निर्माण गरिने विषयवस्तु र त्यसको प्रशारण वा प्रकाशनका धेरै कार्यमा एआई हस्तक्षेपकारी भूमिकामा प्रस्तुत् हुन सक्ने अवस्थाको विकास भएको छ । यसमा विमति हुन सक्दैन । पत्रकारितामा तथ्यको खोजी र सम्पे्रषणको ठूलो महत्व हुन्छ । एक किसिमले भन्ने हो भने तथ्यको प्रस्तुति नै मूल पत्रकारिता हो पनि भन्ने गरिन्छ । अब यही तथ्यको खोजी र परीक्षणमा एआई निर्णायक भूमिकामा उपस्थित हुने अवस्थाको सिर्जना भएको छ । आजको विश्वमा पत्रकारिताले आफ्नो स्वररुप र शैलीमा द्रुत गतिमा निरन्तर परिवर्तन गरिरहेको छ । आजको पत्रकारिता ‘कम्प्युटर एसिस्टेड रिपोर्टिगं–कार’ (कम्प्युटरको सहयोगमा आधारित रिपोर्टिग) मा धेरैजसो निर्भर रहन थालेको छ । यो यथार्थलाई स्वीकार गर्ने हो भने एआईको हस्तक्षेप स्वीकार गर्नैपर्ने हुन्छ । एआईले तथ्यको खोजी र परीक्षणका सन्दर्भमा कम्पयुटरमा रहेका सबै जानकारीमाथि पहुँच स्थापित हुने क्षमता राख्दछ जो मानिसका लागि असम्भवप्राय: छ । यस्तोमा मानिसको नियन्त्रणमा फिल्ड (सम्बद्ध स्थान) र फिलिगं (भावना)मात्र बाँकी रहन जान्छ र यही नै उसको पत्रकारिताको मूल आधार बन्ने निश्चित छ ।

युनेस्कोले यसपटकको नारामा एआईका सन्दर्भमा सोसल एजेण्डा शव्दावली प्रयोग गरेको छ र यसको सोझो रुपमा नेपाली अनुवाद हुन्छ, सामाजिक मुद्दा । यस पटकको नाराबाट युनेस्कोले पत्रकारितामा एआईको विधिवत प्रयोगलाई स्वीकारमात्र गरेको छैन बरु यसलाई पत्रकारिता गर्ने सन्दर्भमा सामाजिक मुद्दा मान्न पनि आव्हान गरेको छ । हो, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमहरुलाई तीव्र बनाएको छ । प्रभावकारी पनि बनाउने प्रयत्न गरेको छ । आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको छ । पत्रकारितालाई व्यवशायिक पत्रकारहरुको कित्ताबाट नागरिक पत्रकारिताको कित्तामा पुर्याउने काम गरेको छ र डिजिटल प्लेटफर्ममा एआईलाई पछिल्लो समयमा सशक्त माध्यमका रुपमा स्वीकार गरिएको छ । आज यस्तो अवस्था आइसकेको छ, जहाँ एआईविनाको पत्रकारिताको कल्पना गर्न नसकिने अवस्था उत्पन्न भएको छ । माथि उल्लेख गरिएका सन्दर्भमध्ये कति विषय उचित र कति अनुचित हुन् त्यसका बारेमा वहस चल्दै गर्ला । तर वर्तमान अवस्थाले दुईवटा कुरा बडो गम्भीर ढंगले सोच्न उत्प्रेरित गरेको छ, त्यो हो पहिलो, पत्रकारिताको रचनात्मक ९क्रिएटिभ० र विश्वसनीयताको पक्ष कमजोर बन्दै जानु र दोस्रो हो, प्रेसमाथि डिजिटल प्रविधिको बढदो हस्तक्षेप ।

प्रविधिको प्रयोगले पत्रकारितालाई यति प्रतिस्पर्धी बनाएको छ कि आजको समयमा पत्रकारले कुनै पनि घटना र स्कूपलाई एकछिन पनि ‘होल्ड’ गर्न सक्दैन । एकजनाले होल्ड गरेछ भने पनि अर्को पत्रकारले त्यस्ता सूचना तत्काल सम्प्रेषण गर्छ । यसो गर्दा उसले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया (एडिटोरियल प्रोसेस) र ‘गेट किपिग’ को अवधारणालाईं अनुशरण गर्न सकेको हुँदैन । तर एआई ‘प्रयोग’ भएको हुन सक्छ । यसले निश्चय पनि समाचारमा विश्वसनीयताको संकट निम्त्याउँछ । जान्नेहरुले एआईलाई आफूअनुकूल ‘प्रयोग’ गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । ‘डाटा मेनिपुलेशन’को सम्भावनाले एकातिर विश्वसनीयताको संकट निम्त्याउन सक्छ भने अर्कोतिर प्रविधिको अत्यधिक प्रयोग गर्न सक्नेको पहुँचमा पत्रकारिता जान सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

एआईको प्रयोग हार्ड न्यूज (घटनाप्रधान समाचार) का सन्दर्भमा त पूरै लागू हुन सक्छ तर पत्रकार सचेत र जिम्मेबार भयो भने सफ्ट न्यूज (विषय वा प्रक्रिया प्रधान समाचार)का सन्दर्भमा पत्रकारिताको मौलिकता जोगिन सक्छ । पछिल्लो प्रकारको समाचारको आधार खोजी पत्रकारिता हो । यसमा ‘कारण’ र ‘परिणाम’को खोजी गर्नु आवश्यक हुन्छ भन्ने बुझाईका आधारमा पत्रकारको सक्रियता बढन सक्ने अपेक्षा गरिनु अनुचित हुँदैन । यसो भयो भने एआई र डिजिटल प्रविधि पत्रकारका लागि सहयोगी हुन सक्छ र पत्रकारको सक्रियताले पत्रकारिताको रचनात्मकता जोगिन सक्छ ।

आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाका सन्दर्भमा क्रमश: चुनौती थपिँदैछन् । माथि पनि चर्चा गरियो आज पत्रकारितामा एआई र रोबोटको प्रयोग भइरहेको अवस्था छ । प्रविधिको यस हदसम्मको प्रयोगले पत्रकारितालाई क्रमश: परनिर्भरतातर्फ धकेलिरहेको छ भन्दा अस्वाभाविक हुँदेन । यस्तोमा पत्रकारिताको मौलिकतामाथि संकट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यसको एकमात्र उपाय छ, त्यो हो पत्रकारको स्वसक्रियता । पत्रकारले प्रविधि निर्देशित कन्टेन्ट ९विषय० मा भर पर्नुको साटो आफूले कारण र परिणामको औजार प्रयोग गरेर खोजेको विषयलाई प्रविधिको सहयोगले थप सशक्त बनाउनु आवश्यक छ ।

माथिको पृष्ठभूमिका आधारमा युनेस्कोको नारा नेपालका सन्दर्भमा पनि सान्दर्भिक त छँदैछ अझै यसलाई सामाजिक एजेण्डाकै रुपमा स्वीकार गरेर पत्रकारितालाई दिशानिर्देश गर्न गरिएको आव्हान निकै महत्वपूर्ण छ । हो, आजको समयमा एआईको अस्तित्वलाई अस्वीकार गर्न सकिने अवस्था छैन । माथि चर्चा गरेजस्तै प्रत्येक क्षेत्रमा एआईको बढदो प्रयोगले सामाजिक मूल्य मान्यता नै प्रभावित हुन सक्ने अवस्था रहेको वर्तमान समयमा एआई र यसले सिर्जित गरेको प्रभावको मूल्यांकन निश्चय पनि पत्रकारिताको महत्वपूर्ण विषयवस्तु हुने कुरामा दुई मत हुन सक्दैन । यो अवस्था भनेको पत्रकारिताका लागि एआई साध्य र साधन दुबै बन्न सक्ने सम्भावना हो । यो यथार्थलाई पत्रकार र पत्रकारिताले जतिसक्दो छिटो स्वीकार गरेर आवश्यक रणनीति तय गर्नु अपरिहार्य छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)को पूर्व सन्ध्या (मे २)मा नेपालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटि डे)को आयेजना गर्यो । संयोग नै मान्नुपर्छ, विश्व प्रेस सवतन्त्रता दिवसभन्दा एकदिन पहिले यस कार्यक्रममा प्रधानमन्त्री र सञ्चारमन्त्री दुबैजनाबाट डिजिटल नेपाल र एआइको प्रयोगबारे विस्तृतमा चर्चा भएको थियो । निश्चय पनि उक्त अभिव्यक्तिहरुका आधारमा भन्न सकिन्छ सरकारले एआईका बारेमा आफ्नो धारणा स्पष्ट ढंगले देशवासीका सामु राखेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा युनेस्कोको यस वर्षको विषय र नेपाल सरकारद्वारा आइसिटि डेका दिन सार्वजनिक गरिएको धारणाको एकअर्कासँग तादात्मय छ । आशा छ, सरकारले भावी दिनमा यससम्बन्धी आवश्यक नीति तय गर्नेछ र एआईको सुरक्षित र प्रभावकारी प्रयोगका सन्दर्भमा उचित वातावरण निर्माण गर्नेछ ।

(राससका कार्यकारी अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)