८ श्रावण २०८३, शुक्रबार
,
Latest
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको लक्ष्यः श्रम गर्ने संस्कृतिको विकास, आगामी दशकलाई आन्तरिक रोजगारी दशक



अ+ अ-

काठमाडौँ । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिने बताउनु भयो । उहाँले श्रम अडिटको माध्यमबाट आधारभुत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने जानकारी गराउनु भयो । उहाँले दक्ष जनशक्ति पलायन रोक्न विगतमा भई गरेका र हाल रोकिएका श्रम प्रोत्साहनको अभ्यासलाई निरन्तरता दिइने घोषणा गर्नुभयो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिने बताउँदै आगामी दशकलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाइने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, “श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिनेछ । इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ । श्रम अडिटको माध्यमबाट आधारभुत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिनेछ । दक्ष जनशक्ति पलायन रोक्न विगतमा भई गरेका र हाल रोकिएका श्रम प्रोत्साहनको अभ्यासलाई निरन्तरता दिइनेछ । देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ । आगामी दशलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाइनेछ ।”

उहाँले रोजगारी तथा ज्याला रोजगारी दुवैको माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने समेत बताउनु भयो ।