२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्गलाई हरित व्यवासायमा आधारित आर्थिक राजमार्ग बनाइने



अ+ अ-

काठमाडौँ । सरकारले विभिन्न राजमार्गलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाउने भएको छ ।

शुक्रवार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले पुस्पलाल मध्यपहाडी राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा कोरिडोरहरुलाई अरित व्यवसायमा आधारित राजमार्गको रुपमा स्थापित गराइने बताउनुभयो । राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइने बताउनु भयो । उहाँले कृषि आधुनिकीकरण परियोजनालाई पुनरसंरचना गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुस्पलाल मध्य पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, विपी राजमार्ग, हुलाकी राजमार्ग र कोरिडोरहरुलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाइने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनः संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइनेछ । माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दीगो कृषि उत्पादन प्रवद्र्धनको विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’

राष्ट्रपति पौडेलले माटोको जैविक गुणमा कमी आउन नदिन प्राङ्गारिक मल उत्पादन र प्रयोगमा प्रोत्साहन गरिने सरकारको नीति रहेको बताउनु भयो । दिगो कृषि उत्पादन प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।




भर्खरै