२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाहमुखी कृषिलाई आधुनिकीकरया र व्यावसायिक बनाइने



अ+ अ-

काठमाडौँ । सरकारले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण व्यावसायिक बनाउने भएको छ ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले कृषिमा यान्त्रिकिकरणमार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाइने बताउनु भयो । उहाँ कृषिमा युवा जनशक्तिलाई आकर्षण गर्न भूमि, कृषि सामग्री, बजार तथा बीमाको इको सिस्टम बलियो बनाइने बताउनु भयो । उहाँले भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गरिने बताउनु भयो । आफूले गर्न लागेको व्यवसायको परियोजना धितो राखी स्थानीय वित्तीय संस्थामार्फत आर्थिक तथा कृषि उपजका सामग्रीको व्यवस्था गरिने बताउनु भयो । कृषि क्षेत्रमा जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि प्रणालीमा आवद्य गरी पाइलट प्रोजेक्ट शुरु गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाहमुखि कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकिकरण तथा विशिष्टिकरण गरिनेछ । कृषिमा युवालाई आकर्षित गर्न भूमि कृषि सामग्री, बीमा, खरिद सम्झौता र बजारको बलियो इको सिस्टम कायम गरिने छ । कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आवद्य गरी पाइलट प्रोजेक्ट शुरु गरिनेछ । भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चितता गर्दै परियोजनालाई नै धितोमा राखी स्थानीय वित्तीय संस्थामार्फत् वित्तीय वा अन्य सामग्रीको व्यस्था गरिने छ । परियोजना बीमामार्फत् आकस्मिक क्षेत्रबाट रक्षा समर्थन मूल्यमा आधारित अग्रिम कृषि खरिद सम्झौता गरी व्यवासायिक जोखिमको सम्बोधन र बजारीको सुनिश्चितता गरिने छ । प्रमुख बाली पुशपंक्षी र मत्छे क्षेत्र लक्षित कार्यक्रममार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धि गरिनेछ ।’

राष्ट्रपति पौडेलले पशुपंक्षी तथा मत्स्ये व्यवसायबाट उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा तथा कृषकको आम्दानीमा वृद्धि गरिने बताउनु भयो ।




भर्खरै