३ पुष २०८२, बिहीबार
,
Latest
न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्णः कार्यवाहक प्रधानन्यायाधीश मल्ल



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले पर्यावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कानून कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मल्लले संविधान र कानूनले वातावरण संरक्षण, दिगो विकास र पर्यावरणका विषयलाई स्पष्ट रुपमा स्थापित गरिसकेको भएपनि तिनको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले कानून कार्यान्वयनका लागि प्रभावकारी रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याउँदै जलवायुसम्बन्धी रणनीतिक योजना कार्यान्वयनको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । सार्वजनिक–निजी साझेदारी ९पब्लिक प्राइभेट पार्टनरसिप० र जलवायु वित्त माग र खर्चको क्षमतामा समेत विकास गर्नुपर्ने बताउनु भयो । कार्यवाहक प्रधानन्यायाधीश मल्लले जलवायु न्यायका क्षेत्रमा अदालतले महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कानून पनि छन्, संविधानले पनि वातावरण, दिगो विकास, पर्यावरणको कुरालाई समेत स्थापित गरिसकेको छ । तर कार्यान्वयन नै अलि चुनौतिपूर्ण अवस्थामा रहेको छ । त्यसकारण कानून कार्यान्वयनको लागि कसरी बढ्ने भन्ने रणनीति हाम्रो लागि महत्वपूर्ण छ । त्योसँगै बनेको कानून र हामीले बनाएको राष्ट्रिय रणनीतिक योजनाहरुको कार्यक्षमता कसरी बढाउने र पब्लिक प्राइभेट पार्टनरसिप पनि कसरी ल्याउने ? र जलवायु वित्त कसरी ल्याउने भन्ने कुरा पनि हामीले जोडेर अगाडि जान आवश्यक छ । जलवायुको क्षेत्रमा न्यायालयले महत्वपूर्ण भूमिका खेलेको छ । कानून नहुँदा पनि न्यायपालिकाले राइट टू लाइफसँग जोडेर अधिकारको रुपमा मान्यता स्थापित गरेको छ ।’

चुरे क्षेत्र, बर्दीया राष्ट्रिय निकुञ्ज, फेवा ताल लगायतको क्षेत्रबाट न्यायपालिकाबाट महत्वपूर्ण फैसलाहरु भएको उल्लेख गर्नुभयो । नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास वैरागीले युरोपबाट अपेक्षित जलवायु वित्त प्राप्त हुनेमा अनिश्चितता रहेको बताउनु भयो । उहाँले युरोपेली मुलुकहरू आफ्नै विकास र व्यवस्थापनको चुनौतीमा रहेको उल्लेख गर्दै जलवायु वित्त प्राप्त हुने ग्यारेन्टी नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई जलवायु वित्त आउने भनेको युरोपतिर बाट हो । तर अहिले उहाँहरुको सबै विकास गर्नुपर्ने खर्च पनि जलवायु कार्य खर्च गर्नको लागि जान्छ कि भन्ने छ । उहाँहरुलाई आफ्नै व्यवस्था धान्नको लागि चाहिने हो कि भन्ने समयमा क्लाइमेट फाइनान्स आउँछ भन्ने ग्यारेन्टी देखिँदैन अब । अलिकति मेहेनत गर्नुपर्ने स्थिति देखिन्छ । हामीले भनिरहेका छौं क्लाइमेट फाइनान्स एडिसनल हुनुपर्छ । अब यो थप समस्या आउने अवस्था आउन सक्छ ।’

उहाँले जलवायु वित्त प्राप्तिका लागि कुटनीतिक र रणनीतिक पहल सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।