२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिसामा नेपाली छात्राको मृत्युको छानबिनका लागि पराष्ट्रमन्त्रीको पहल



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ । मन्त्री राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिनुभएको हो ।

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’

घटनाले मर्माहत बनाएको भन्दै परराष्ट्रमन्त्री राणाले प्रिसाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । उहाँले दुखको घडीमा प्रिसाको परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

उहाँले अगाडि लेख्नुभएको छ–‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ । प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

गत ४ फागुनमा पनि उक्त विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् । लम्साल मृत भेटिएको छात्रावासमै साह बस्दै आएकी थिइन् ।

ओडिसा सरकारले विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्राको विषयमा अनुसन्धान सुरु भएको जनाएको छ । घटनास्थल विश्वविद्यालयको छात्रावासमा प्रमाण संकलनका लागि प्रहरीको टोली गएको जानकारी गराउँदै ओडिसा सरकारले घटनाप्रति दु:ख व्यक्त गरेको छ । प्रेम विज्ञप्तिमा घटनाबारे तत्काल परिवारलाई जनकारी गराइएको उल्लेख छ ।