९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश पठाइदिने भन्दै ६९ लाख १५ हजार ठगी गर्ने चार जना पक्राउ



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ६९ लाख १५ हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल–३ का सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का शिरबहादुर बराल र काठमाडौँ तारकेश्वर नगरपालिका–४ की सरस्वती देवकोटा रहेका छन् ।
पक्राउ परेका मध्ये सम्पूर्ण र सुजनले बेलायत पठाइदिने भन्दै क्रमश: रु ३५ लाख र २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै रु ७ लाख ५० हजार र सरस्वतीले युएई पठाइदिने भन्दै रु एक लाख लिएका थिए । प्रहरीले पीडितको उजुरीका आधारमा आधारमा पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।