६ जेष्ठ २०८२, मंगलवार
,
Latest
संसदमा सांसदको अभाव, बैठक स्थगित एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाई जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकताः उपमहासचिव पुन नेप्से परिसूचक ४९ अङ्कले बढ्यो कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि नेपाल टेलिभिजनमा मेरो भ्वाइस युनिभर्स प्रसारण हुने



अ+ अ-

काठमाडौँ। विश्वभरका नेपाली प्रतिभाहरु सहभागीहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स– सिजन २’ को प्रसारण आजदेखि सुरु हुँदैछ ।

नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट साँझ ८ बजेको समाचारपछि यो शो प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार गरिएको ‘मेरो भ्वाइस युनिभर्स’मा विश्वका २३ देशका नेपाली गायक गायिकाहरुले फाइनल प्रतिष्पर्धा गर्दैछन् ।

नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरु समापन गरी काठमाडौंको एए स्टुडियोमा फाइनल राउण्डका प्रतिष्पर्धाहरु गराइएको छ । फाइनल राउण्डका ३२ एपिसोडहरुमध्ये वैशाख १८ गते साँझ पहिलो भाग प्रसारण गर्न लागिएको हो ।

नेपाल टेलिभिजनका अनुसार, अव मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ बजेको समाचारपछि नियमितरुपमा प्रसारण हुने छ । यो प्रतिष्पर्धामा भाग लिन विश्वभरबाट छनौट भई नेपाल आइपुगेका प्रतिभाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिँदै नेपाली संस्कृतिको दूतका रुपमा काम गर्न आग्रह गर्नुभएको छ ।

संसारभरका नेपाली मूलका नेपालीहरुलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसंग जोड्ने अभियानका रुपमा इन्ट्रा फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ ।

मेरो भ्वाइस युनिभर्सको निर्देशकका विशाल अर्याल र विशाल भण्डारी हुनुहुन्छ भने निर्णायकहरुमा बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार, गायिका अन्जु पन्त, गायिका लावनी चक्रवर्ती प्रसाईं र गायक एवं संगीतकार कर्मा ग्लाल्जेन हुनुहुन्छ । यो शोमा प्रस्तोताका रुपमा रिमा विश्वकर्मा र राजा राजेन्द्र पोखरेल हुनुहुन्छ । रासस