२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई सम्मान गर्नुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई

शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई सम्मान गर्नुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई
अ अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी टे«ड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरु नै सत्तामा पुगेपछि मजदुरका हकहितका  विषयलाई बेवास्ता गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “मजदुरले लडेर ल्याएको आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागू हुन सकेको छैन, अहिले श्रम गरेर खाने भन्दा बिचौलिया र कमिसन खोरको बिगबिगी भएको छ ।” मजदुरहरु र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा  सङ्घीय लोकतान्त्रिक व्यवस्था, स्थापना भए पनि मजदुरका समस्या समाधान हुन नसक्नु दुःखद पक्ष भएको उहाँले भनाइ छ ।

उहाँले लामो सङ्घर्षबाट राजतन्त्र हटाए पनि राजनीतिक दलका नेताको कार्यशैली राजाको जस्तै भएको उल्लेख गर्दै ती दलहरुकै कारण जनतामा असन्तुष्टि सृजना भएको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिँदै पुराना दलले मजदुर र आमजनताका समस्या समाधान गर्न नसक्ने भएकाले आफूले अग्रगामी र वैकल्पिक एजेण्डासहित नेसपा नयाँ शक्ति अगाडि बढाइएको प्रष्ट पार्नुभयो ।

उहाँले आफूले भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गरेको बताउँदै नेपालमा राजावादी भन्नेले फैलाएको भ्रमबाट भ्रमित नहुन आफूले भारतका विभिन्न पार्टीका नेतालाई भनेको बताउनुभयो ।

कार्यक्रममा नेसपा (नयाँ शक्ति) का केन्द्रीय सदस्य एवं नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु पौडेलले सरकारले तोकेको न्यूनतम पारिश्रमिक रु १७ हजार पाँच सयले मजदुरलाई खान नपुग्ने भएकाले उक्त रकम बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेसपा (नयाँ शक्ति) का सचिव भावना तामाङ, विज्ञ परिषद्का सदस्य अनुपसिंह सुवाल, मजदुर महासङ्घका इन्चार्ज तेजुलाल कर्णलगायतले भौतिक र बौद्धिक दुवै खाले श्रम गर्ने श्रमिकको सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।  रासस