१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा

लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा
अ अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान र सीपलाई स्वदेशमा प्रयोग गरी देश विकासमा योगदान गर्न प्रवासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले मुलुक बाहिर रहेर पनि देश र जनताको चासो राखेको भन्दै विभिन्न कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको प्रशंसा गर्नुभयो । उहाँले विश्वको जुनसुकै कुनामा रहेपनि नेपालीहरुप्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले विदेशमा रहेका नेपालीलाई नेपालको वा सम्बन्धित देशको कानूनले पारेको समस्याका बारेमा नयाँ कानून बनाएर समाधान गर्न प्रयास गर्ने बताउनु भयो । उहाँले विदेशमा रहेर नेपाली काँग्रेससँग आवद्य नेपालीहरुलाई पार्टीको महाधिवेशन लगायतका कार्यक्रमहरुमा प्रतिनिधित्व गराएको बताउनु भयो । अमेरिका तथा भारतमा रहेका प्रवासी नेपालीलाई पार्टीको केन्द्रिय सदस्यमा प्रतिनिधित्व गराएको भन्दै युरोपलगायत कतिपय छुटेका देशबाट पनि पार्टीमा प्रतिनिधित्व गराउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाली जनसम्पर्क समिति नेपाली काँग्रेसको संगठनको एक अभिन्न अङ्गको रुपमा रहेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेशाको सिलसिलामा मुलुक बाहिर रहेर पनि देश र जनताको बारेमा चिन्ता व्यक्त गरिरहनुभएको छ । यो वर्गले हाम्रो समाजको जानेबुझेका शक्ति र उमेरको प्रतिनिधित्व गरेको छ । तपाईंहरुलाई पार्टीको गतिविधिमा समान रुपलले प्रतिनिधित्व गराउँदै लैजाने अभिप्रायले जनसम्पर्क समितिको गठनलाई उत्तिकै महत्व दिएका छौँ जति देशमा पार्टी संगठनको निर्माणमा दिएका छौँ । पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्वको अलावा, समान नागरिक अधिकार दिने प्रयास गरिरहेका छौं । तपाईंहरुले विदेशमा हासिल गरेको ज्ञान सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तिब्र आर्थिक र सामाजिक विकास गराउन के ककस्ता नीतिगत परिवर्तन गर्नुपर्छ ।

हामीलाई निर्धक्क भन्नुहोस् हामी राष्ट्रिय सहमति गराएरै पारित गराउँछौं । विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्ने प्रवासमा रहेका नेपालीहरुलाई अध्ययन रोजगारीमा रहेकालाई सघाउने राज्यका निकायहरुलाई परिचानल गराउने सबै क्रियाशिल रहनेछु । विश्वको जुनसुकै मुलुकमा भएपनि नेपालीप्रति सम्मान आदरभाव प्रकट हुने अवस्था तपाईहरुले सिर्जना गर्नुहुनेमा म विश्वस्त छु । लोकतन्त्रमा लोकतन्त्रलाई बचाउन तपाईहरु जस्ता शिक्षित अनुभविले परिस्थिति मिलाएर नेपाली काँग्रेसलाई पवित्र मन वचन र कर्मले निरन्तर सघाउनुपर्ने खाँचो छ । विदेशमा रहेका नेपालीहरुको प्रतिनिधित्व अमेरिका र भारतले पाएको छ हाम्रो केन्द्रीय सदस्यको रुपमा तर युरोप छुटेको छ । एसिया पनि छुटेको छ । आउदो पार्टीको महाधिवेशनमा विधानलाई संशोधन गरेर तपाईहरुको प्रतिनिधित्व सुनिश्चित गर्छौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षका लागि विदेशमा रहेका शिक्षित नेपाली नागरिकले सहयोग गर्नुपर्ने बताउनु भयो ।