२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थिति अन्त्य हुन्छः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति रहेको उहाँको भनाइ छ । उहाँले भनसुन र आफ्नो मान्छे नभएकाहरु रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरुमा नैराश्यता बढीरहेको बताउनु भयो । उहाँले नेपालको श्रम बजारहमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विदेशी श्रमिकहरु आएर नेपालको माग धानिरहेको बताउनु भयो । उहाँले नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भएपनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत बताउनु भयो । उहाँले अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति छ । अहिले कँही पनि मान्छे चाहियो भने मलाई यति मान्छे चाहिएको छ पठाइदिनु भनेर भनसुन हुने गरेको छ । त्यसले गर्दाखेरी युवाहरुमा जसको मान्छे र भनसुन छैन उसले केही पाउदैन भन्ने नैराश्यता भयो । अब त्यसको अन्त्य हुने भयो । अब जोसँग क्षमता र योग्यता छ उसले रोजगारी पाउने स्थिति सिर्जना भयो । अहिले रोजगारदाताहरुलाई चाहिने दक्ष जनशक्ति छैन । भएका दक्षजनशक्तिलाई समेत रोजगारदाता कहाँ छन् भन्ने थाहा छैन । अहिले नेपालमा प्रत्येक वर्ष पाँच लाख मानिसहरु श्रम बजारमा आउँछन् । तर सीपयुक्त नभएकै कारण उनीहरुले रोजगारी पाइरहेका छैनन् । हामी सिपयुक्त नभएकै कारण बाहिर अर्काको देशमा गएर काम गरिरहेका छौं । हामीसँग भएको सीपयुक्त काम चाहीँ बाहिरको मान्छे आएर गरिरहेका छन् । अबको दशकमा हामीले नेपाली श्रमिकहरुलाई सीपयुक्त बनाउँदै बाहिरका मानिसहरुलाई विस्थापित गर्दै जाने हो ।’

उहाँले श्रम र रोजगारदाताबीचको सम्पर्कलाई मजबुत बनाउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।