१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थिति अन्त्य हुन्छः श्रममन्त्री भण्डारी

‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थिति अन्त्य हुन्छः श्रममन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति रहेको उहाँको भनाइ छ । उहाँले भनसुन र आफ्नो मान्छे नभएकाहरु रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरुमा नैराश्यता बढीरहेको बताउनु भयो । उहाँले नेपालको श्रम बजारहमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विदेशी श्रमिकहरु आएर नेपालको माग धानिरहेको बताउनु भयो । उहाँले नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भएपनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत बताउनु भयो । उहाँले अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति छ । अहिले कँही पनि मान्छे चाहियो भने मलाई यति मान्छे चाहिएको छ पठाइदिनु भनेर भनसुन हुने गरेको छ । त्यसले गर्दाखेरी युवाहरुमा जसको मान्छे र भनसुन छैन उसले केही पाउदैन भन्ने नैराश्यता भयो । अब त्यसको अन्त्य हुने भयो । अब जोसँग क्षमता र योग्यता छ उसले रोजगारी पाउने स्थिति सिर्जना भयो । अहिले रोजगारदाताहरुलाई चाहिने दक्ष जनशक्ति छैन । भएका दक्षजनशक्तिलाई समेत रोजगारदाता कहाँ छन् भन्ने थाहा छैन । अहिले नेपालमा प्रत्येक वर्ष पाँच लाख मानिसहरु श्रम बजारमा आउँछन् । तर सीपयुक्त नभएकै कारण उनीहरुले रोजगारी पाइरहेका छैनन् । हामी सिपयुक्त नभएकै कारण बाहिर अर्काको देशमा गएर काम गरिरहेका छौं । हामीसँग भएको सीपयुक्त काम चाहीँ बाहिरको मान्छे आएर गरिरहेका छन् । अबको दशकमा हामीले नेपाली श्रमिकहरुलाई सीपयुक्त बनाउँदै बाहिरका मानिसहरुलाई विस्थापित गर्दै जाने हो ।’

उहाँले श्रम र रोजगारदाताबीचको सम्पर्कलाई मजबुत बनाउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।