४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेपछि प्रहरीले सोधपुछका लागि बोलायो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल पड्काउदै डान्स गरेकी थिइन् ।

सामाजिक सञ्जालमा भाईरल भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेकोले यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । यसबारे सोधपुछको लागि सिंहलाई बोलाइएको उनले बताए ।