५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेत्रीले पेस्ताल पड्काउँदै नाचेपछि प्रहरीले सोधपुछका लागि बोलायो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल पड्काउदै डान्स गरेकी थिइन् ।

सामाजिक सञ्जालमा भाईरल भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेकोले यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । यसबारे सोधपुछको लागि सिंहलाई बोलाइएको उनले बताए ।