५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरणको अभियोगमा पर्सामा चार जना पक्राउ



अ+ अ-

पर्सा/ बारा जिल्लाको कलैया उपमहानगर १८ का सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाई फिरौती माग गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, अपहरणमा परेका साहलाई वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरिएको थियो ।

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका मुर्लीका २३ वर्षे रिकेशकुमार गुप्ता, सोही ठाउँका २५ वर्षे राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका का २४ वर्षे सिकेन्द्र साहलाई पक्राउ गरेको छ । पक्राउ परेका अर्काे एक जना नाबालक छन् ।

अभियुक्तहरुलाई जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको छ ।