८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम मन्त्रिपरिषदद्बारा पारित, गभर्नर सिफारिस समितिमा अधिकारी नियुक्त



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त सदनमा राष्ट्रपतिले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।

सरकारले शुक्रबार दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम ल्याउने छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी निवर्तमान गभर्नर हुन ।

यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने निर्णय बुधबारको मन्त्रिपरिषद्ले गरेको हो ।