२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला

छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला
अ अ+ अ-

पाल्पा। यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन् ।  आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन् ।

सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मङ्गलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए ।

खोजतलास गर्ने क्रममा आज दिउँसो जङ्गलमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिनुभयो ।  उहाँका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।

त्यसैगरी रम्भा गाउँपालिका–३ राम्दीस्थित कालीगण्डकी नदीको खोंचमा एक महिला मृतावस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका–६ दर्पुककी ३४ वर्षीया गङ्गा माझी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । दर्पुक माइती घर भएकी माझी बगनासकाली– ५ मानबहादुर दर्लामीको घरमा डेरा लिइ बस्दै आएकी थिइन् ।

मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबरका थिए । खबरलगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस