२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका मेयर बालेन समस्याको थुप्रोमा फस्दै, पूर्वसचिव मैनालीले दिए सुझावै सुझाव



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह समस्याको थुप्रोमा फस्दै गएको भन्दै पूर्वसचिव श्यामप्रसाद मैनालीले केही सुझाव दिएका छन् ।

पूर्वसचिव मैनालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै बालेन समस्या समाधान गर्न चुक्दै गएको बताएका छन् । उनले समस्या पहिचान गरेर समाधान नगरे थप समस्या बढिरहने चेतावनी दिएका छन् ।

उनले असल सल्लाहकार राखेर परिपक्व ढंगले महानगरपालिका हाँक्नसमेत भनेका छन् ।

मैनालीले बालेनलाई के दिएका छन् त सुझाव ?

काठमाडौँका मेयर बालेन समस्याको थुप्रोमा फस्दै गए । उनी दिन प्रतिदिन अप्ठ्यारोमा पर्न थाले । तसर्थ मेयर साहबलाई देहाय अनुसार सुधार गर्न अनुरोध गर्दछु ।

काठमाडौँका जल्दाबल्दा समस्याका बारेमा सम्बन्धित पक्षहरूसँग बसेर छलफल गर्न प्रारम्भ गर्नुहोस् । जनप्रतिनिधि जनताको मानिस हुने भएकाले जनतासँग साक्षात्कार बाक्लो गर्दै जानुस् । नगरवासी हरूलाई भेट दिनुहोस् । उनीहरूको समस्या सुनिदिनुहोस् । उपयुक्त समस्याको समाधान गरिदिनुहोस् ।

प्रमुख प्रशासकीय अधिकृतको मुद्दामा संघीय सरकारले तपाईँलाई असहयोग गर्दा यो समस्याबाट आफू उम्कने प्रयास तपाईंबाट खासै भएन । लामो समयसम्म आर्थिक कारोबार ठप्प रह्यो । यसले गर्दा तपाईँलाई समर्थन गर्ने कर्मचारीहरू पनि रुष्ट भए । जनप्रतिनिधि हरुले दलीय निर्देशनका आधारमा तपाईंका कमी कमजोरीमा खेल्ने मौका पाए । त्यो अवस्था प्रष्ट देख्दा देख्दै समस्या समाधानमा प्रष्ट देखिने गरी तपाईंको प्रयास भएन । यसैमा दलका अध्यक्षहरु र उपमेयरले तपाईलाई घेराबन्दी प्रारम्भ गरे । यसको निरन्तरता अझै भइराखेको छ । यसलाई यथा समयमा समाधान गर्न सक्नुपर्दथ्यो । मेयर साहब यसमा चुक्नुभयो ।

अब भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत बसेको अफिसमा नजाने निर्णय मेयर साहबले लिनु भएको कुरा बाहिर आइराखेको छ । लामो समयदेखि बोर्डको बैठकसम्म पनि हुन सकिराखेको छैन । उपमेयरले यसैमा खेल्न थालेकी छिन् । तपाईँ निश्चिन्त भएर नबस्नुस् । बैठक बोलाउनुस् । छलफल गर्नुस् । कुराहरु राफसाफ हुँदै जाँदा दलका निर्देशनमा काम गर्नेहरु पनि सोच्न बाध्य हुन्छन् । यसमा तपाईंको ध्यान जानु जरुरी छ ।

काठमाडौँ महानगरपालिकाको मेयर अत्यन्त संवेदनशील र जिम्मेवारी प्राप्त महत्वपूर्ण पदाधिकारी हुन्छ । आफ्ना कार्यशैली र अभिव्यक्तिले समस्याको समाधान पनि गर्दछ। समस्या सिर्जना पनि हुँदै जानेछन् । त्यसैले परिपक्व बन्नुहोस् । असल सल्लाहकार राखेर महानगरपालिका हाँक्नुहोस्। आफ्ना सचिवालय लगायतका कर्मचारी हरुलाई सहयोगी एवं शुभचिन्तक हरुलाई पनि विवादास्पद अभिव्यक्ति नदिन निर्देशन गर्नुस् ।

यी सबै परिस्थितिलाई नजरअन्दाज गरेर बस्दा भोलिका दिनहरूमा मेयर साहब अझै ठूलो समस्यामा फस्नुहुने निश्चित छ । त्यसैले बेलैमा गम्भीर बन्नु पर्दछ । यो मेरो मेयर साहबलाई व्यक्तिगत सुझाव हो । तपाईँले काठमाडौँ महानगरपालिकामा गर्नुभएका केही कामहरू बाट म प्रभावित भएको छु । स्वतन्त्र प्रतिनिधि हरूले पुराना दल हरुलाई करेक्सन गर्न दबाब सिर्जना गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । स्वतन्त्रहरू सबैलाई अप्ठेरोमा पारी असफल बनाए पश्चात नेपाली मतदाताहरुले पनि तपाईलाई नकारात्मक हिसाबले सोच्न सक्दछन्, नतिजामा देखिने गरी राम्रा कामहरु हुन सकेनन् भने असहज अवस्था बन्न सक्दछ । आगे मेयर साबको मर्जी ।




भर्खरै