३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीसँग आर्सनल पराजित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तरगत सेमिफाइनल खेलमा ईंग्लिश क्लब आर्सनलले हार ब्यहोरेको छ ।

गएराति भएको पहिलो लेगको खेलमा आर्सनल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग ०-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदान एमिरेट्समा खेलको चौंथो मिनेटमा नै आर्सनलले गोल खान पुग्यो । पिएसजीका ओस्मान डेम्बेलेले गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

५० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्काए पनि भिएआरले गोल रद्द गरिदियो । आर्सनलका मेरिनोले गोल गरेपनि उनी अफसाइड हुन पुगे ।

अब दोस्रो लेगको खेल अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ । पिएसजीलाई घरेलु समर्थकका साथ १-० को एग्रीगेटको फाइदा हुनेछ ।