३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोती घटनाका दोषीलाई उच्च अदालतबाट पनि जन्मकैदको सजाय सदर



अ+ अ-

काठमाडौं। उच्च अदालत सुर्खेतले जाजरकोटको सोतीमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको सामूहिक हत्या घटनामा संलग्न २३ जनालाई जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेको छ।

न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले दोषीहरूलाई २५ वर्षको कैद सजाय कायम राखेको हो। तर जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्ष कैद र ५० हजार जरिवाना भने बदर गरिएको छ।

घटनामा संलग्नहरूमा तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजु पनि छन्। पीडित परिवारले जन्मकैद सदर हुनु न्यायको सन्तोषजनक पक्ष भएको बताएका छन्।

जिल्ला अदालतले यसअघि सोही गाउँका डम्बरबहादुर मल्ल (तत्कालीन वडा अध्यक्ष), नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल र विष्णु मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जन्मकैदको फैसला सुनाएको थियो। उच्च अदालतले पनि सोही फैसलालाई सदर गरेको हो।