३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुखिया सूर्य नारायण शाहीको निधन, राउटे समुदायमा शोक



अ+ अ-

सुर्खेत। राउटे समुदायका एकजना प्रमुख नेता सूर्य नारायण शाहीको ४९ वर्षको उमेरमा निधन भएको छ। बराहताल गाउँपालिका–८ स्थित सोत खोलामा बसोबास गर्दै आएका शाहीको निधन गए राति साढे ९ बजे भएको हो।

शाहीको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको आशंका गरिएको छ। राउटे समुदायसँग लामो समयदेखि कार्यरत शिक्षक दुर्गा खत्रीका अनुसार उनी बिरामी नभए पनि केही दिनदेखि लगातार र धेरै मात्रामा रक्सी सेवन गरिरहेका थिए। “तीन दिनअघि मात्रै एक पेटी रक्सी ल्याएर सबैले पिएको कुरा सुन्नमा आएको छ,” खत्रीले बताइन्।

सन् २०७२ को जेठ महिनामा शाही राउटे समुदायको मुखिया बनेका थिए। उनी रास्कोटी गोत्रका प्रतिनिधि थिए। राउटे परम्पराअनुसार तीनवटा गोत्र हुन्छन् र प्रत्येक गोत्रबाट एकजना मुखिया चयन गरिन्छ।