३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै



अ+ अ-

काठमाडौँ। सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

समुदायका लागि, समुदायसँग : मानसिक स्वास्थ्यमा निरन्तर सहकार्य’ भन्ने नाराका साथ चितवनमा यही वैशाख १८ देखि २० गतेसम्म दुई दिने सम्मेलनको आयोजना हुन लागेको हो । सम्मेलनको आयोजना नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले गर्ने भएको हो ।

सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक अमेरिकास्थित हावर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्न यो ऐतिहासिक हुने डा काफ्लेले बताउनुभयो ।

पौडेलले भन्नुभयो, “मानसिक स्वास्थ्यको पहुँचमा अभिवृद्धि गर्न तथा मानसिक समस्याको गुणस्तरीय उपचारलाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गर्दै स्थानीय स्वास्थ्य प्रणालीलाई सबल बनाउन लागि परेका छौँ ।

सम्मेलनमा १४ वटा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरू आयोजक साझेदारको रूपमा जोडिएका छन् । सम्मेलनमा १०० वटाभन्दा बढी प्रस्तुतीकरण हुनेछन् । रासस