२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै



अ+ अ-

काठमाडौँ। सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

समुदायका लागि, समुदायसँग : मानसिक स्वास्थ्यमा निरन्तर सहकार्य’ भन्ने नाराका साथ चितवनमा यही वैशाख १८ देखि २० गतेसम्म दुई दिने सम्मेलनको आयोजना हुन लागेको हो । सम्मेलनको आयोजना नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले गर्ने भएको हो ।

सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक अमेरिकास्थित हावर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्न यो ऐतिहासिक हुने डा काफ्लेले बताउनुभयो ।

पौडेलले भन्नुभयो, “मानसिक स्वास्थ्यको पहुँचमा अभिवृद्धि गर्न तथा मानसिक समस्याको गुणस्तरीय उपचारलाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गर्दै स्थानीय स्वास्थ्य प्रणालीलाई सबल बनाउन लागि परेका छौँ ।

सम्मेलनमा १४ वटा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरू आयोजक साझेदारको रूपमा जोडिएका छन् । सम्मेलनमा १०० वटाभन्दा बढी प्रस्तुतीकरण हुनेछन् । रासस