२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी अनुकूल वातावरण बनाउन ल्याइएको अध्यादेश स्वीकृत गर्ने निर्णय



अ+ अ-

विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक प्रदेशमा लगानीको अनुकूल वातावरण बनाउन आठ वटा ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८२ स्वीकृत गरेको छ ।

आज बसेको बैठकले प्रदेश सरकाले आयोजना गर्ने आसत्र लगानी सम्मेलनलाई लक्षित गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सहजीकरणका लागि अध्यादेश स्वीकृत गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

स्वीकृत अध्यादेश आजै प्रदेश प्रमुखको कार्यालयमा पठाइने र प्रणाणिकरणलगत्तै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । संशोधन गर्ने आठवटा ऐनमा सार्वजनिक निजी साझेदारी ऐन, २०७६, प्रदेश सहकारी ऐन,२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, भवन ऐन, २०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन, २०७७, प्रदेश पर्यटन विकास ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन, २०७७ र प्रदेश वन ऐन, २०७७ रहेका छन् ।

कोशी प्रदेश लगानी सम्मेलन सन् २०२५ को अवसरमा प्रदेश सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त प्रतिबद्धता आजै सार्वजनिक गरिने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

यहाँ यही वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन आयोजना हुँदैछ ।  बैठकलले प्रदेशको प्रमुख सचिवमा चन्द्रकला पौडेललाई स्वागत गर्ने निर्णयसमेत गरेको छ ।रासस