५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी अनुकूल वातावरण बनाउन ल्याइएको अध्यादेश स्वीकृत गर्ने निर्णय



अ+ अ-

विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक प्रदेशमा लगानीको अनुकूल वातावरण बनाउन आठ वटा ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८२ स्वीकृत गरेको छ ।

आज बसेको बैठकले प्रदेश सरकाले आयोजना गर्ने आसत्र लगानी सम्मेलनलाई लक्षित गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सहजीकरणका लागि अध्यादेश स्वीकृत गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

स्वीकृत अध्यादेश आजै प्रदेश प्रमुखको कार्यालयमा पठाइने र प्रणाणिकरणलगत्तै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । संशोधन गर्ने आठवटा ऐनमा सार्वजनिक निजी साझेदारी ऐन, २०७६, प्रदेश सहकारी ऐन,२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, भवन ऐन, २०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन, २०७७, प्रदेश पर्यटन विकास ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन, २०७७ र प्रदेश वन ऐन, २०७७ रहेका छन् ।

कोशी प्रदेश लगानी सम्मेलन सन् २०२५ को अवसरमा प्रदेश सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त प्रतिबद्धता आजै सार्वजनिक गरिने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

यहाँ यही वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन आयोजना हुँदैछ ।  बैठकलले प्रदेशको प्रमुख सचिवमा चन्द्रकला पौडेललाई स्वागत गर्ने निर्णयसमेत गरेको छ ।रासस




भर्खरै