३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘असल अभ्यास साटासाटका माध्यमबाट अधिकतम फाइदा लिनुपर्छ ’



अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले असल अभ्यासलाई सबै महिला समूहबीच साटासाट गरेर लाभ हासिल गर्नेतीर ध्यान दिनुस् भन्दै महिलाहरूलाई हौसला प्रदान गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको समाज कल्याण महाशाखाले आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा तथा पुरस्कार वितरण समारोहमा उहाँले असल अभ्यास साटासाटका माध्यमबाट अधिकतम फाइदा लिन आग्रह गर्नुभयो ।

सर्वोत्कृष्ट हुने महिला समूह र उत्कृष्ट हुने सबैलाई बधाई तथा सफलताको कामना छ, आफ्नोआफ्नो समूहमा गरेको उत्पादनलाई बजारको मागअनुसार बिक्री गरेर लाभ हासिल गर्न आग्रह गर्न चाहान्छु”, उहाँले भन्नुभयो ।

महानगर प्रमुख महर्जनले अहिलेसम्म ललितपुर महानगरपालिकाले महिला वडाध्यक्ष पाएको छैन भन्दै अबको निर्वाचनमा यो रेकर्ड तोडिनुपर्ने बताउनुभयो । “अबको स्थानीय निर्वाचनमा घटीमा पनि पाँच जना महिला वडाध्यक्ष निर्वाचित हुनुपर्छ । तपाईंहरू सशक्त भएर लाग्नुस्,” उहाँले भन्नुभयो ।

महानगरले यसपटक वडा नं ९ को सप्तखेल महिला समूहलाई सर्वोत्कृष्ट महिला समूहमा चयन गरी पुरस्कृत गरेको हो । सानेपा साँचलको सृष्टि महिला समूह लगातार तेस्रोपटक उत्कृष्ट हुन सफल भई पुरस्कार हात पार्न सफल भयो । त्यस्तै वडा नं १६ को रत्नाकर उद्यमी महिला समूह र वडा नं २९ को हरिसिद्धी महिला समूह दोस्रो पटक उत्कृष्ट हुन सफल भए ।

वडा नं ५ को थसिखेल महिला समूह, वडा नं ६ को ज्याठा मिसा पुच, वडा नं १२ को चाबहा महिला समूह, वडा नं १४ को सामुदायिक महिला उद्यमी समूह र वडा नं १९ को इखाननी मिसा पुच, इखालखु प्रथम पटक उत्कृष्ट हुन सफल भए । महानगरले हरेक वर्ष सर्वोत्कृष्ट र उत्कृष्ट महिला समूहलाई पुरस्कृत गर्दै आएको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यस पटक उत्कृष्ट हुन नसकेको समूहलाई अर्को पटक उत्कृष्ट हुनेगरी काम गर्न आग्रह गर्नुभयो । महानगरका प्रवक्ता, सामाजिक विकास समितिका संंयोजक एवं  वडा नं ९ का अध्यक्ष राजु महर्जनले गत वर्षभन्दा यस वर्ष महानगरमा नौ वटा महिला समूह थपिएको बताउनुभयो । उहाँले महिला समूहको व्यवस्थापनका लागि महानगरले कार्यविधि लागू गरेर व्यवस्थापन गर्ने बताउनुभयो ।

उत्कृष्ट महिला समूह मूल्याङ्कन समितिका संयोजक अनिलवीर बज्राचार्य २६९ वटा महिला समूहका सदस्यले लिएको सीपमूलक तालिम, क्षमता अभिवृद्धि कार्यक्रममार्फत भएको रोजगारी सिर्जना, जनशक्ति परिचालन, प्रतिवेदन तयार गरी गरेको सम्प्रेषणको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट महिला समूह छनोट गरिएको जानकारी गराउनुभयो ।

वडा नं १ का सदस्य एवं उत्कृष्ट महिला समूह मूल्याङ्कन समितिका सदस्य शरणलक्ष्मी महर्जनले महानगरभित्र ४७९ वटा महिला समूह सञ्चालनमा रहेको जानकारी गराउनुभयो । रासस