३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका तीनै तह मिलेर काम गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै उहाँले तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एक अर्काले फरकफरक ढङ्गले काम गरेर नतिजा दिन गाह्रो छ । बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौँ ।” स्थानीय तह, प्रदेश तथा सङ्घअन्तर्गतका अस्पतालमा भने जति जनशक्ति र स्रोत साधन पुर्‍याउन नसकिएको भन्दै मन्त्री पौडेलले एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र स्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताउनुभयो ।

मन्त्री पौडेलले उपचारात्मक सेवा सुधारसँगै रोग लाग्न नदिनका लागि निरोधात्मक पद्धतिमा काम गर्ने प्रयास सङ्घ सरकारले गरिरहेको भन्दै यसमा प्रदेश र स्थानीय तहबाट सहयोग अपेक्षा गरिएको बताउनुभयो । उहाँले सबै तहमा बीमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गर्नुभयो ।

बैठकमा विभिन्न प्रदेशका स्वास्थ्यमन्त्री, नगरपालिका तथा गाउँपालिका महासङ्घका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बिमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।  रासस