३ पुष २०८२, बिहीबार
,
Latest
सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको आरोप– ‘सरकार संसद र जनताप्रति जवाफदेही छैन’



अ+ अ-

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद् र जनताप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

पाण्डेले शिक्षकहरू सडकमा आन्दोलनरत हुँदा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफल गर्न सोमबारदेखि अनुरोध गर्दा पनि सरकारले नसुनेको आरोप लगाउनु भयो । उहाँले सार्वजनिक महत्वको प्रश्तावमाथि छलफल गर्न प्रतिपक्षीहरूले उठेर माग राखे पनि सरकारले बेवास्ता गरेको बताउनु भयो । उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, परीक्षा र विद्यार्थी भर्ना लगायतका महत्वपूर्ण कुराहरूमाथि संसद्मा छलफल गरेर निकास निकालौँ भन्दा सरकारले वास्ता नगरेको जिकिर गर्नुभयो । उहाँले दिनदिनै संसद्को कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको भन्दै यसरी संसद् प्रभावकारी नहुने समेत धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “शिक्षकहरू सडकमा छन्, त्यस कारण अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव छलफल गरौँ भनेर हामीले हिजो देखि हाम्रो नियमावलीको व्यवस्था अनुसार अनुरोध ग¥यौ । आज पनि हामीले अनुरोध ग¥यौ । हामीले त्यसमा सबै प्रतिपक्षीको तर्फबाट हामीले उठेर त्यो माग पनि ग¥यौ, कुरा पनि राख्यौँ । तर सरकार सुन्दै सुन्दैन । के भन्छ सरकार भने यति महत्त्वपूर्ण विषयवस्तुमा शिक्षकको , विद्यार्थीको, अभिभावकको, परीक्षाको, विद्यार्थी भर्नाको, यस्ता जरुरी कुराहरूमा पनि हामी संसद्मा छलफल गरेर एउटा कुरा निकालौँ । सांसदका रायहरू लिऔँ भन्दा पनि सरकार संसद्लाई वास्ता गर्दैन । अझ दिन दिनै हाम्रो कार्य तालिकामा भएका कार्यसूची त सम्माननीय सभामुखज्युले आज यो सूचीबाट हटाइयो, हिजो पनि हटाइयो, आज पनि हटाइयो । यसरी संसद कसरी प्रभावकारी हुनसक्छ रु यस कारण सरकार संसदप्रति जवाफदेही छैन, सरकार जनतातिर जवाफदेही छैन । यो विषयवस्तु तथ्यहरूले पुष्टि गर्छन् ।”

उहाँले सरकारको गैरजिम्मेवारपनप्रति आ–आफ्नो ठाउँबाट आवाज उठाउन अभिभावक, विद्यार्थी र आम जनसमुदायलाई आग्रह गर्नुभयो ।