३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचोः एमाले सांसद गैरे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचो रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताउनुभएको हो ।

उहाँले शिक्षासम्बन्धी संसदीय समितिको सभापति समेतगरी प्रतिपक्षी दलले लामो समयसम्म शिक्षा मन्त्रालयको नेतृत्व गरेको भएपनि शिक्षा ऐन टुंग्याउन नसकेको आरोप लगाउनु भयो । सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको हल निकाल्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको प्रतिपक्ष सबैभन्दा बढी शिक्षा मन्त्रालय सम्हालेको र शिक्षा समितिको सभापति अहिलेको प्रतिपक्षी दलको सांसद नै रहनुभएको तथ्य पनि हाम्रो अगाडि छ । तरपनि हामी यो शिक्षा ऐनलाई टुंगोमा पुर्याउन सकिरहेका छैनौं । अहिले सत्तापक्षले प्रतिपक्षमा भएको सभापतिलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँमा छौं जस्तो मलाई लाग्दैन । सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर हामीले छुट पाउने परिस्थिति छैन । अहिले संसदीय उपसमितिमा छलफलकै क्रममा रहेको विधेयकलाई टुंग्याउनको लागि हामी सबैको सामुहिक प्रतिवद्धताको खाँचो छ भन्ने मलाई लागेको छ ।’

शिक्षकहरुका जायज मागहरु पूरा गर्दै प्रभावित भइरहेको नियमित शैक्षिक गतिविधिहरुलाई सुचारु गर्न सकारात्मक सहयागे आजको आवश्यकता भएको उहाँको भनाइ छ ।