२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएको मे महिनामा हुने महाधिवेशनमा मेरो संलग्नता छैन : संस्थापक अध्यक्ष उपेन्द्र महतो



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मे महिनामा एनआरएनएको एकता महाधिवेशन हुन नसक्ने बताएका छन् । उनले मे मा हुने भनिएको महाधिवेशनमा आफ्नो कुनै संलग्नता नरहेकोसमेत बताएका छन् ।

महतोले हिजो साँझ विज्ञप्ति जारी गर्दै मे महिनामा तोकिएको अधिवेशन महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका हुन् ।

‘सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चिरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु। यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन् ।